पोखरामा ब्राउनसुगरसहित अनिल प्रकाउ

पाेखरा | पुस २५, २०८०

पोखरामा ब्राउनसुगरसहित अनिल प्रकाउ

पोखरा:  पोखरा लागूऔषध ब्राउनसुगरसहित स्याङ्जाका अनिल गुरुङलाई प्रहरीले प्रकाउ गरेको छ । गुरुङलाई लागूऔषध ब्राउनसुगरसहित आज (बुधबार) प्रहरीले प्रकाउ गरेको हो । 


स्याङ्जाको भिरकोट नगरपालिका–१ स्थायी घर भई पोखरा महानगरपालिका १५ कोलपाटन बस्ने ३४ वर्षीय गुरुङलाई शंका लागेर चेकजाँच गर्ने क्रममा प्रहरीले लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो ६ ग्राम २सय मिलिग्राम पदार्थसहित प्रकाउ गरेको हो । 


प्रकाउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा १० दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्